सोमवार, जेष्ठ ७, २०८१

वैदेशिक रोजगारीका नाममा १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गर्ने लामा पक्राउ

  ‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौ पुस १७,

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्जोसोम गाउँपालिका- १ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका संचालक ४७ वर्षीय लाल बहादुर लामालाई सोमबार दिउँसो पक्राउ गरेको छ ।

प्रहरीका अनुसार महाराजगंजस्थित उक्त ट्रेनिङ सेन्टर संचालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम ठगी गरी फरार रहेका उनलाई मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका -३१ शंखमूलबाट पक्राउ गरेको जनाएके छ।

त्यस्ते लामाले पीडितहरूबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय ब्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्नुकोआवा ट्रेनिङ सेन्टरबाट ९ सय ९७ थान राहदानी समेत बरामद भएको प्रहरीले जनाएँदै निजलाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जानकारी दिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु