सोमवार, जेष्ठ ७, २०८१

सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने

 काठमाडौं  पुस १५,
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार घटेको घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज निर्देशन दिनुभएको  छ।

त्यस्तै सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने तयारी रहेको बुझिएको छ।

यसअघि सरकारले घटनाको छानविनको लागि उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल सदस्य रहनेगरि समिति गठन गरको थियो ।
स्मरण रहोस, बालकुमारी घटनामा अछामका वर्षका २१ का वीरेन्द्र शाह र दैलेखका वर्ष २३का सुजन रावतको मृत्यु भएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो ।

यसवीचमा गृह मन्त्रालयले शनिवार गरेको प्रस्तु घटना लक्षित हुँदै ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदी, घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिसकेको छ।

त्यस्तै जिप्रका ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा फिर्ता बोलाउने निर्णय समेत गरिसकको छ ।