आइतवार, जेष्ठ ६, २०८१

सांस्कृतिक परम्परा संरक्षणको क्षेत्रमा गुरुङ समुदायको भूमिका प्रशंसनीय: राष्ट्रपति पौडेल

 काठमाडौं पुस १५ ,

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएकोछ ।

राष्ट्रपति पौडेलले तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

त्यस्तै  उहाँले  बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्नेछ विश्वास व्यक्त गर्दै मुलुकको सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्द्धनको क्षेत्रमा गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय तथा महत्वपूर्ण रहेको बताउनुभएको छ।