सोमवार, जेष्ठ ७, २०८१

उधौली पर्व मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धको पर्याय : राष्ट्रपति

 काठमाडौं पुस १० ,

किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति पोडेलले दिनुभएको सदेशमा किराँत समुदायको महान् पर्व उधौलीले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध पयार्य रहनुको साथै यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नाका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाड पर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

यसैवीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताउनुभएको छ । किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरीपुन्हीँ एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा नेपालमा आजकै दिनदेखि ज्यापु संस्कृतिको रक्षार्थ केही वर्षयता ‘ज्यापु दिवस’ मनाउँदै आएको छ । यो अवसरमा नेवाः संस्कृति, बाजागाजा, वेशभूषा आदिलाई जगेर्ना गर्न विभिन्न सांस्कृतिक झाँकी निकाल्ने गरिन्छ । मौलिक बाजा धिमेको तालमा यो अवसरमा निकालिने अद्भुत झाँकीले नेपालभित्र प्रचलनमा रहेको रैथाने रीतिरिवाज र परम्परालाई जीवन्त राख्न सहयोग गर्ने उल्लेख गर्नुभएको छ।

त्यस्ते प्रधानमन्त्री प्रचण्डले २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा अज दिनुभएको शुभकामना सन्देशमा धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

साथै उहााले आफ्नो सन्देशमा ज्यापु समुदायको जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरू, कला, कौशलले उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा पुर्‍याएको योगदान महत्त्वपूर्ण एवं प्रशंसनीय रहेको भन्दै
बताउनुभएको छ ।