सोमवार, जेष्ठ ७, २०८१

एसईईमा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने नयाँ व्यवस्था लागु हुँदै

काठमाडौं पुस ६,
राष्ट्रिय परीक्षा बोर्डले आसन्न माध्यमिक शिक्षा परीक्षा एसईईमा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने अन्यथा कक्षा ११ पढ्न नपाइने
व्यवस्था कार्यान्वयनमा आउने भएको छ।

 नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेको परीक्षा मार्गनिर्देशन कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गर्दै अवको परीक्षामा कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ‘नन ग्रेड’ हुने प्रणाली लागू हुँने बताउनुभयो ।

यसअघि बोर्डले एसईईको नतिजा ‘नन ग्रेडेड’ नगरि प्रकाशित गर्दै बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो । अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्‍याएर परीक्षा दिनुपर्ने अध्यक्ष शर्माको भनाइ रहेको छ ।