सोमवार, जेष्ठ ७, २०८१

‘भारतमा देखिएको कोभिडको नयाँ भेरियन्टबाट डराउनुपर्दैन : मन्त्रालय

काठमाडौं पुस ५, 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतमा देखिएको कोभिड भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताएका छन ।
त्यस्तै मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा छैन । त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको जनाउसंगै सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेक्सलाई तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

यद्यपी लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने अणुवांशिक अध्ययन [जिन सिक्वेन्सिङ] गर्न निर्देशन दिइसेको भन्दै उहाँले भारतको केरला राज्यमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्टले सिर्जना गर्ने सङ्क्रमणको रोकथाम खोपले गर्ने बताए ।

स्मरण रहोस, विश्व स्वास्थ्य संगठनले भारतको केरला राज्यमा मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ पुष्टि भएको जनाएको हो । त्यस्तै पुष्टि भएको कोभिडको नयाँ भेरिएन्टको संक्रमणको क्रममा ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।