सोमवार, जेष्ठ ७, २०८१

घटयो इन्धनको मूल्य ,ग्यासको मूल्य भने यथावत

 काठमाडौं मंसिर २९ ,
पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ रूपैयाँ घटाइएको जनाएको हो।

भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमले घटाइएको जानकारी दिदै घट्दो नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने जनाएको छ ।

त्यस्तै नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रूपैयाँ कारोवार हुने निगमले जनाएको छ । साथै खाना पकाउँने ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएके छ ।