सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन :जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरे दल दर्ता

काठमाडौं मंसिर २५ ,
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आइतवार  आयोगमा  दुईवटा राजनीतिक दलबmमस जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले दल दर्ता गराएको आयोगले जनाएको छ।

राष्ट्रियसभा का १९ सदस्यका लागि हुने निर्वाचनको प्रयोजनका लागि आयोगले मङ्सिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकेको थियो । फागुन २० गतेदेखि राष्ट्रियसभाका अध्यक्ष सहित २० जना सदस्यको कार्यकाल सकिँदैछ । जसअनुसार एमालेका आठ, कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक, स्वतन्त्र एक, मनोनीत एक सांसदको पद रिक्त हुँदैछ ।

राष्ट्रियसभा निर्वाचनकालागि प्रदेशसभा सदस्यका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभर ५३ रहेको छ भने नगर र पालिका प्रमुख तथा उपप्रमुखको मतभार ४८ रहेको आयोगले जनाएको छ ।