सोमवार, बैशाख ३१, २०८१

मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गर्ने सरकारको तयारी

काठमाडौं मंसिर १६,
समयमा काम नगरेको भन्दै सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गर्ने तयारी गरेको छ ।

खानेपानी मन्त्रालयले चिनियाँ कम्पनी सिनो हाइड्रोसँगको ठेक्का रद्द गर्ने तयारी गरेको छ। मेलम्चीको पानी ल्याउन ढिलाइ भएपछि आयोजना निरीक्षण गर्न मेलम्ची पुगेका खानेपानीमन्त्री महिन्द्रराय यादवले ठेक्का रद्द गर्ने कानुनी प्रक्रिया बुझ्न मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएको हो ।

काठमाडौं उपत्यकामा पानी पठाउन अलमल गरेपछि सिनो हाइड्रोसँगको ठेक्का रद्द गर्ने तयारी भएको मन्त्री यादवले बताए । सिनो हाइड्रोले आयोजनाको सुरुङ र हेडवर्क्स निर्माणको ठेक्का १ अर्ब रुपैयाँमा पाएको थियो ।

सरकारले सुरुङ सफाइलगायतका काम गर्न पटक–पटक आग्रह गरे पनि ठेक्का पाएको कम्पनीले मर्मतका काम समयमा नसकाएको मन्त्रालयको भनाइ रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930