आइतवार, जेष्ठ ६, २०८१

कार्तिक नाचमा शनिबार देखाइयो नृसिंह अवतारको गाथा

काठमाडौं मंसिर १० ,
गत मंसिर २ गते देखि शुरु भएको कार्तिक नाच अन्र्तगत ८ औं दिन अर्थात् शनिबार नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ ।

 तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि ललितपुर दरबार स्क्वायरस्थित कात्तिक डबलीमा प्रदर्शन गरिने मौलिक एवम सवैभन्दा पुरानो साँस्कृतिक कात्तिक नाच विगतमा २७ दिनसम्म देखाइने भए पनि हाल आएर नाचको लागि आवश्यक खर्चको व्यवस्थापन गर्न नसकेको भन्दै कात्तिक नाच संरक्षण समितिले नाचलाइ सिमित दिनमा मात्र प्रदर्शन गर्दै आयरहेका छन ।

नाचको पहिलो दिन सुदामा लीला ,दोस्रो दिन बास्थ प्याँख देखाइने जानकारी दिदै प्रत्येक दिन साँझ कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला प्रस्तुत गरिने नाच फरकफरक किसिमको हुने जनाएको छ ।

त्यस्तै सांस्कृतिको दृष्टिकोणबाट पनि महत्वपूण मानिएको प्रस्तुत कात्तिक नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काउँनुको अलावा तत्कालीन मल्ल राजाहरु क्रमस सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल र योगनरेन्द्र मल्लका शासनकाललाई पनि सम्झना गराउँने गरेको स्थानीयको कथन रहेको नाच व्यवस्थापन समितले जनाएको छ ।

त्यस्ते नाच व्यवस्थापन समितिले यस वर्ष मंसिर २, ३ र ४ गते बाथः प्याखँ, ५ गते युद्ध कला  (शितज्वर/विषमज्वर युद्ध, महादेव/कृष्ण युद्ध),  ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाइनेछ ।