बुधबार, मंसिर २०, २०८०
Dashain

जाजरकोट भूकम्प प्रभावितहरूको सहयोगार्थ उठ्यो १५ करोड, कसले कति दिए?[सूची सहित]

काठमाडौं मंसिर ३,
जाजरकोट भूकम्पबाट प्रभावितहरूका् सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहायता कोषमा १५ करोड २८ लाख रुपैयाँ भन्दा बढी जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ।

 प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार यो जम्मा रकमको सूची मंसीर १ गतेसम्मको मात्र रहेको जनाउँदै जारी सुचीमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको उल्लेख गरिएको छ।
त्यस्तै, बुद्ध एयर, राष्ट्रिय वाणिज्य ब्याङ्क, ग्लोबल आईएमई ब्यङ्क, सूर्या नेपाल, क्यान सेन्ट्रल पेयमेन्ट रिलिज र गोर्खा ब्रुअरीले एक–एक करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै गरि नेपाली काँग्रेसकेन्द्र, नेपाली काँग्रेस धाडिङ्ग, कुस्मा नगरपालिका, नेपा एलपीग्याँस उद्योग, चैत्यन्य एकडेमी , डा मनिष रेग्मी , मुक्तिनाथ दर्शन प्रालि, केएनपी जापान प्रालि, धरान उपमहानगरपालिका , कृषिविकास बैक , महालक्ष्मी विकास बैक, लगायतका ५८  संघ, संस्था। कम्पनी र व्यक्तिबाट सहयोग भएको उल्लेख गरिएको छ।

 १५३ जनाको ज्यान जाने गरि गत कात्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भएर आएको भूकम्प प्रभावितहरुको सहयोगका लागि विभिन्न संघ संस्था र कायार्यलयहरुले रकम जम्मा गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031