सोमवार, जेष्ठ ७, २०८१

कांग्रेस महामन्त्री थापाले भने-टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्यो

काठमाडौं कार्तिक २७,
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रिपरिषद्को आज बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको प्रतिक्रिया दिनुभएकोछ ।

मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक हटाउने निर्णय गरेसँगै महामन्त्री थापाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गर्नुभएकोहो ।

महामन्त्री थापाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत रहेको जनाउ सहित टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ,‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत  भएको  उहँँको भनाइ रहेको छ।   साथै उहँँले सामाजिक सञ्जाल बन्द गर्नेरनगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो । यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखियो,’ थापाले भनेका छन् ।

साथै महामन्त्री थापाले सरकारले तत्काल किन्तु परन्तु नभनेर यो कदम सच्याउनुपर्ने माग गरेका छन् । ‘सरकारले यो कदम सच्चाउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन,’ फेसबुकमा लेखेका छन् ।

कांग्रेस महामन्त्री थापाले भने( टिकटक बन्द गरेर सरकार उल्टो कदम हिँड्यो