सोमवार, जेष्ठ ७, २०८१

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रूपैयाँ उपलब्ध गराइने

काठमाडौं कार्तिक २६,

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले जाजरकोट भूकम्प प्रभावित प्रतिपरिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रूपैयाँ दिने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको बैठकले भूकम्पपीडित प्रतिपरिवारलाई २५र२५ हजार रूपैयाँ गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाउँने निर्णयसंगै प्राप्त रकमबाट तत्काल अस्थायी आवास बनाउन लगाइने निर्णय समेत गरेको  छ ।

साथै बैठकमा समितिका सदस्यसचिव अनिल पोखरलले जाजरकोट भूकम्पमा भएको क्षतिको विवरण प्रस्तुत गर्दै भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्ण रूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जानकारी प्रस्तुत गर्नुभएको थियो ।