सोमवार, जेष्ठ ७, २०८१

होटल संचालक मुकुन्द गुरुङसहित सात जना जुवा खेल्दा खेल्दैको अवस्थामा पक्राउ

काठमाडौं कात्तिक २४

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका संचालकसमेत ७ जना जुवा खेल्दा खेल्दै बिहीबार राति पक्राउ परेका छन् ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले संचालन  गरेको उक्त होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी प्रभाग गोंगबु प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार रूपैयाँ र १० प्याकेट ताससहित पक्राउ गरेको हो ।

पक्राउ परेको जुवाडेहरु उपर थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।