सोमवार, जेष्ठ ७, २०८१

मंसिर २९ मा बस्ने गरि दुई साता पछि सर्‍यो कांग्रेस महासमिति बैठक

कांग्रेस महासमितिको बैठक  मंसिर  २९, ३० र पुसको १ र २ मा

 काठमाडौं कार्तिक २० ,

नेपाली कांग्रेसको आसन्न महासमितिको बैठक मंसिर २९ गतेदेखि पुस २ गतेका लागि सारिएको छ ।  यसअघि महासमितिको बैठकको बैठक मंसिर १५ देखि गर्ने निर्णय भएको थियो ।

यसवीचमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रकोपका कारण तयारीको समय समेत कम भएको र हलको उपलब्धता समेत त्यसअघि नभएको जनाउ सहित कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बेठकले महासमिति बैठक मिति दुई साता पर सार्दै मंसिर २९ देखि सुरु गर्ने निर्णय गरेको हो ।

त्यस्ते बैठकले बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय  संगै केन्द्रीय सदस्य जिप छिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले दिने ५ लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णग गरेको छ । साथै यसरी जम्मा गरिएको सहयोग रकम प्रभावितहरुमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापन सँगसँगै सबै कामहरु गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने र समितिले स्थलगत अवलोकन गर्ने निर्णय समेत गरेको छ।