राजस्व चुहावट गरी करोडौं रकम हिनामिना गर्ने मालपोत कार्यालयका १०अधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौं कार्तिक २० ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनामाथि भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको छ ।

आयोगले आज जारी गरेको विप्तिमा मुद्धा दायर गरिएका मालपोत अधिकृत मिश्रसहित १० जनाको मिलिभगतमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्दै राजस्व चुहावट गरी भ्रष्टाचार गरेको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा मालपोत अधिकृत आव २०७१/७२ मा मालपोत कार्यालय, पर्साको फाँट “ग” को एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सोमध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन लिखत दर्ता किताबमा प्रविष्टि गरी किताबमा प्रमाणित गर्नुपर्नेमा रजिष्ट्रेशन दर्ता किताव प्रमाणित नगरी निजको हस्ताक्षरबाट पारित भएका संकलित लिखतको अनुसन्धानको क्रममा निजले दुई करोड नौ लाख एकतीस हजार छ सय सतचालीस रुपैँया हिनामिना गरेका कारण सोहि वरावरको विगो माग गरिएको छ।

 त्यस्तै मालपोत अधिकृत भुप बहादुर बोगटी विरुद्ध एक करोड ४९ लाख ६९ हजार मालपोत अधिकृत गोपाल बहादुर ढुंगानासंग २५ लाख ४५ हजार नौ सय पचास रुपैँया, मालपोत अधिकृत पदम प्रसाद अर्याल संग १६ लाख ८१ हजार छ सय रुपैँया, मालपोत अधिकृत चन्द्र बहादुर भण्डारीसंग दुई लाख चौवालीस हजार चार सय बैसठ्ठी रुपैँया, कम्प्यूटर अधिकृत कमोद तिवारीसंग एक करोड ४१ लाख ४७ हजार एक सय एकहत्तर रुपैँया बिगो कायम गरी भ्रष्टाचार मुद्धा दायर गरिएको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930