सोमवार, जेष्ठ ७, २०८१

गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृहको संयोजकत्वमा विशेष कार्यदल गठन

काठमाडौं कार्तिक २० ,
सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा विहेष कार्यदल गठन गरेको छ ।  मन्त्रालयका सह९सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल गठन गरेको हो ।

यसअघि सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गर्दै बजेट वक्तव्यको १०५ नम्बर बुँदामा ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने कार्ययोजना प्रस्तुत गरेका थिए ।

 त्यस्तै गठित कार्यदललाइ । गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यताको अध्ययन गर्दै एक महिनाभित्रमा प्रतिवेदन पेश गर्न म्यान्डेट दिइएकोछ ।