सोमवार, जेष्ठ ७, २०८१

भूकम्पपीडितलाई राहत, पुनः स्थापना र घाइतेको उपचार र उद्धारमा कुनै कमी हुन नदिने प्रम प्रचण्डको प्रतिबद्धता

भूकम्प प्रभावित क्षेत्रमा प्रम प्रचण्ड

काठमाडौं कार्तिक १८,

प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडितलाई राहत, पुनः स्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गर्नुभएको छ ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्रीले क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गर्नुको अलावा जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गर्नुभएको छ ।

यसैवीच भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात प्रधानमन्त्रीलृ उद्धार र उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै घाइतेहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले केही गुनासा र मागहरु भएमा आफूसमक्ष राख्न अनुरोध समेत गर्नुभएको छ।