सोमवार, जेष्ठ ७, २०८१

सर्वोच्चको आदेशसंगै रिगल पक्राउ, भारतीले तोडिन् अनशन , अदालतको फैसलालाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

काठमाडौँ कात्तिक १७
सर्वोच्च अदालतले विहिवार योगराज ढकाल ‘रिगल’लाइ आममाफी दिने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरी कारागार चलान गर्न आदेश दिएसंगै रिगल’ पक्राउ परेका छन् ।

२०७२ मा बाँकेकै चेतन मानन्धरको खुँडा प्रहार गरी भएको हत्यामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको जेल चलान भएका रिगल गत असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद मिनाहा गर्नुभएको थियो । बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका रिगल लाइ प्रहरीले उनलाई बाँकेबाट पक्राउ गरेको हो ।

 यसैवीच सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाहा बदर गर्ने निर्णय सुनाएसँगै भारती शेर्पाले अनसन तोडेकी छन् ।रिगलाई राष्ट्रपतिले संविधान दिवसको अवसरमा बाँकी कैद माफी दिएपछि भारतीले सर्वोच्चमा रिट दर्ता गरी माइतीघरमा अनशन बस्दै आएकी थिइन् ।

त्यस्तै बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताउनुभएको छ।