सोमवार, जेष्ठ ७, २०८१

टी–२० क्रिकेट विश्वकप छनोट अन्तिम खेल: नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

काठमाडौं कार्तिक १६,

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ । त्रिविस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो ।

 आजको खेलमा नेपालका लागि करण केसीले ३ विकेट सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिएका छन भने गुल्सन झा र अविनाश बोहोराले एकरएक विकेट झारेका छन ।

 यसअघि  ओमान र नेपालले दुई(दुई खेल्दै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । आजको खेलले समूहको विजेताको निर्णय गर्नेछ ।