सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सगरमाथा क्षेत्रको अवलोकन भ्रमण जाँदै

  काठमाडौं कार्तिक १३,

नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जाने भएका छन् ।  मौसम अनुकूलताअनुसार उनी अहिले बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको थाहा भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सगरमाथा क्षेत्रको अवलोकन पूर्व ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालय आयोजना हुने कार्यक्रमम सहभागी हुँदै महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्ने बताएको छ । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता  गर्नुभएको  थियो ।

 त्यस्तै उहाँले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग समेत छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।  भेटवार्तापछि ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए ।

त्यस्तै प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउनुभएका महासचिव गुटेरेसले कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । साथै महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते काठमाडौँबाट प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।