सोमवार, जेष्ठ ७, २०८१

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको शिष्टाचार भेटवार्ता

काठमाडौं कार्तिक १२,
शनिबार मध्यराति नेपालको चारदिने भ्रमणका लागि काठमाडौं आइपुग्नु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । यसअघि मुख्यसचिव डा.वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गर्नुभएको थियो ।

 प्रधानमन्त्री प्रचण्डसँग भेट्नुअघि महासचिव एन्टोनियो गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्नुभएको छ । त्यस्तै महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उहाँ आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जानुहुने जनाइएको छ ।

यसैवीच आगामी ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको तयारीका लागि महासचिव गुटेरेसले नेपालको भ्रमणसंगै जलवायु परिवर्तनको चपेटामा परेको नेपालप्रति ऐक्यबद्धता जनाउनु भ्रमणको मुख्य उद्देश्य रहेको जनाएको छ ।

तस्बिर :  प्रदीप राज वन्त

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30