सोमवार, जेष्ठ ७, २०८१

आज बडादसैंको अन्र्तगत विजयादशमी : देवी दुर्गाको टीकाप्रसाद ग्रहण गरी मनाइदैं

काठमाडौ कार्तिक ७,
आज वर्ष २०८० को वडादसैँ अन्र्तगत शुभ विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा थापी आश्विन शुक्ल दशमी मनाइँदैछ ।

टीका प्रसाद ग्रहण अघि आआफ्नो कुल घरमा घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको नवदुर्गा भवानीको विहान १०स्३७ बजे देवी विसर्जन गरेसंगै देवी दुर्गाको प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि बिहान ११: ०२ बजेको साइत सार्वजनिक गरिएपनि त्यस दिन प्रसाद ग्रहणको लागि कुनै अड्चन नरहको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

  त्यस्तै महिषासुर दैत्यको वध गरी आसुरी शक्तिको नास गर्ने देवी दुर्गा भवानीको टीका प्रसादआफ्ना मान्यजनबाट थापेर र आफन्तजन सङग हार्दिकता सातासात गर्नुे परम्परा वोकेको आजको पर्व वडादशैँको महत्वपूर्ण पर्व हो । यसरी दुर्गा भवानीको टीका प्रसाद गर्ने क्रम आजदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

यस्तो छ विजयादशमीको टीका लगाइदिँदा वाचन गर्ने आशीर्वाद मन्त्र :  

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

टीका लगाइ दिनेले पूर्वमोहडा गर्ने र लगाउनेले पश्चिम फर्केर लगाउँदा उत्तम हुने समितिको भनाइ छ । यसरी टीका लगाउँदा सुख शान्ति र समृद्धि हासिल हुने विश्वास गरिन्छ ।