काठमाडौं असोज २७,
नेपाल औषधि उत्पादक संघ एपोनको शुक्रवार सम्पन्न निर्वाचन मार्फत महेश प्रधानको अध्यक्षतामा निर्वाचित कार्यसमिति सदस्य मध्येबाट आज पदाधिकारी चयन गरिएको छ।
संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गर्ने व्यवस्था अनुसार संघको वरिष्ठ उपाध्यक्षमा प्राप्त मत सख्या अनुसार प्रभात रुङगटा चयन भएका छन् भने उपाध्यक्षमा सन्तोष बराल चयन भएका छन्।
त्यस्ते
संघको महासचिवमा सुदर्शन खेगुली, कोषाध्यमा पृथ्वीराज भण्डारीलाइ चयन गरिएको छ भने कार्य समिति सदस्यहरुमा सुमितचन्द्र श्रेष्ठ, पंकज कुमार तिवारी, गिरिराज पाठक, दिपक तिक्डेवाल र शैलेश वैद्य चयन भएका छन्। निर्वाचित पदाधिकारीलाइ निवर्तमान अध्यक्षमा प्रज्वलजंङ पाण्डेले स्वागत सहित सफल कार्यकालको लागि शुभकामना दिनुभएको छ।