सोमवार, जेष्ठ ७, २०८१

१९औं एशियन गेम्समा राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडीको स्वागत

काठमाडौं असोज २३,

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका महाराजगंजका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले १९औं एशियन गेम्समा सहभागी खेलाडी तथा अफिसियलहरूलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ ।

 सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्रराष्ट्र चीनमा सम्पन्न भएको १९औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता भएका खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक भण्डारीले हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ कास्य गरी कुल २ पदकमध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल इतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा नेपाल पुलिस क्लबका खेलाडीहरू प्रहरी सहायक हवल्दारहरू नितु गुरुङ, मानमती विष्ट र अर्पणा चौधरी सहभागी हुनुभएको थियो ।

यसैगरी नेपाल पुलिस क्लबका भारोत्तोलन खेलाडी प्रहरी जवान विशाल सिंह विष्टले कुल ३०१ केजी वजन उचाली तीन राष्ट्रिय कीर्तिमानको साथै नेपाली भारोत्तोलन खेल इतिहासमा ३०० केजी भन्दा बढी वजन उचाल्ने पहिलो नेपाली खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान बनाउन सफल हुनुभएको थियो भने प्रहरी कार्यालय सहयोगी सागर भण्डारीले कुल ३०३ केजी वजन उचाली तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुका साथै नेपाली भारोत्तोलन खेल इतिहासमा हालसम्मकै सबैभन्दा बढी वजन उचाल्ने खेलाडीको ऐतिहासिक राष्ट्रिय कीर्तिमान समेत बनाउन सफल हुनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30