सोमवार, जेष्ठ ७, २०८१

असोज २९ गतेदेखि नयाँ नोट सटही गर्न पाइने

काठमाडौै असोज २२ , 

नेपाल राष्ट्र  बैंकले वडा दसैँ, तिहारलगायत चाडपर्व लक्षित गरी  असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।  आइतवार राष्ट्र बैंकले  सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने जनाएको छ।

त्यस्तै उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई प्रतिव्यक्ति १८ हजार ५ सय रूपैयाँका दरले सटही सुविधा उपलब्ध हुने  जारी सूचनमार्फत  राष्ट्र बैंकले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30