सोमवार, जेष्ठ ७, २०८१

संसदमा गगनको गर्जन: कानुनी छिद्रको प्रयोग गरी हुने गरेको आममाफीको चलखेल अस्वीकार्य

काठमाडौं असोज १८,
प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेस सासंद गगन थापाले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगल ढकालको कैद मिनाह गरिदिएको विषयमा सरकारसँग जवाफ मागेका छन् ।

 

प्रतिनिधिसभाको  बिहीबार  संसदको विशेष समयमा वोल्दै महामन्त्री थापाले ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका नेपालगन्जका ढकाललाई राज्यले बदनियतपूर्वक आममाफी दिइएको भन्दै सासंद थापाले आपत्ति जनाएको हो ।

 कानुनी छिद्रको प्रयोग गरी नियोजित रुपमा गरिने यसकिसिमको चलखेल आफैमा वदनियत भएको भन्दै सासंद थापाले विगतमा पनि यस्ता घटना भएको दाबी गर्दै थापाले यस्ता छिद्र टाल्नुपर्नेमा जोड समदै अवका दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन फागुन ७ गतेभन्दा अगाडि नै कानुन बनाउनुपर्नेमा थापाको जोड दिनुभयो ।