सोमवार, जेष्ठ ७, २०८१

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं असोज १८,
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने आजको बैठकमा विद्युत विधेयक २०८० पेस गर्ने कार्यसूची रहेको हुँदैछ । संसद सचिवालयले जनाएको छ।

त्यसअघि सभामुद देवराज घिमिरेले विद्युत विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै आजको बैठकमा प्रतिनिधि सभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिने भएकोछ । क्यान्सर रोगबाट पीडित भट्टको गत असोज ४ गते राति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।