सोमवार, जेष्ठ ७, २०८१

असोज २९ गतेभित्र महासमिति सदस्यको चयन गरिसक्न जिल्ला समितिलाइ निर्देशन

काठमाडौं असोज १८,
नेपाली कांग्रेसले आगामी असोज २९ गतेभित्र महासमिति सदस्यहरुको चयन गरिसक्न पार्टीका सम्वन्धित जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ। आगामी मंसिर १३ देखि १५ गते सम्पन्न  हुने   महासमिति बैठकका लागि  महासमिति सदस्य   चयन हुन बाँकी  २५ वटा जिल्लामा निर्धारित मितिमा    महासमिति सदस्यहरुको चयन गरि सोको प्रतिवेदन केन्द्रमा बुझाउँन  निर्देशन दिएको हो ।

कांग्रेसको क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था अनुरुप एक सय ६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्यको चयन गर्नुपर्ने  विधानत व्यवस्था रहेको  छ । यद्यपी यसवीचमा  एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका अधिकांश क्षेत्रमा प्रतिनिधि छनोट हुन बाँकी रहेको  थाहा भएको  छ।   त्यस्तै प्रतिनिधि छनोट भएको भनिएका ४५ जिल्लामा समेत   महासमिति प्रतिनिधि छनोट पूर्ण रुपमा भइनसकेको बुझिएको  छ।

प्राप्त जानकारी अनुसार   कोशी प्रद्शको मोरङ, सुनसरी, झापाका केही क्षेत्र र भोजपुर, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाजस्ता एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट समेत प्रतिनिधि छनोट हुन   सकेको    छैन भने मधेश प्रदेशको पर्सा जिल्लाको सबै क्षेत्रबाट, धनुषाको दुई क्षेत्रबाट, महोत्तरीको ३ क्षेत्र र सर्लाहीको २ क्षेत्रमा महासमिति सदस्यको छनोट हुँ बाँकी रहेको रहेको  थाहा भएको छ।

 त्यस्तै,गण्डकी प्रदेशको पर्वत, म्याङ्दी, बागलुङ र लमजुङबाट, कर्णाली प्रदेशको सल्यान र दैलेख बा सुदूरपश्चिममा डोटी, कैलाली र कञ्चनपुर बाट समेत  प्रतिनिधि  चयन हुन बाँकी रहेको  बुझिएको छ।

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30