सोमवार, जेष्ठ ७, २०८१

चौतर्फी आलोचना पछि इन्धनको मृल्य वृद्धि फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ असोज १४,
सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद्को बैठकले मृल्यवृद्धि फिर्ता लिने निर्णय संगै सोहि मुताविक नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।

यसअघि सडक देखि सदन सम्म, चोकदेखि चौराह सम्म र समाजिक सञ्जालमा आसन्न चाडपर्वको मुखैमा स्वचालित मूल्य प्रणालीको नाममा जनतालाइ महङ्गीको चपेटामा पारको भन्दै सरकारको तिव्र आलोचा भएपछि सरकारले  चाडबाडको मुखमा मृल्यवृद्धि गर्दा सरकारसँग समन्वय नगरेको भन्दै सरकारले यस्तो निर्देशन दिएको हो ।

  निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँले मूल्य बढाएको थियो भने पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

सरकारको निर्देशन संगै निगमले इन्धनको पुरानै मूल्य अर्थात ग्यासको प्रतिसिलिसन्डर एक हजार ८९५ रुपैयाँ काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल र मट्टितेलको मूल्य १७३ मा कारोवार गर्ने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2023
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30