सोमवार, जेष्ठ ७, २०८१

इन्द्रजात्राको आज दोस्रो दिन थने अर्थात माथिल्लो टोलमा रथयात्रा हुँदै

काठमाडौं असोज १२,

इन्द्रजात्राको आज दोस्रो दिन थने अर्थात माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गर्दै येन्या पुन्हि मनाइदैछ । विहिवार तल्लोटोल अर्थात कोने जात्रा गरिएको थियो।

आज श्रीकुमारी रथयात्रा बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्मको रथ यात्रा हुनेछ ।

 त्यस्तै पछिल्लो समय महिलाले मात्र रथ तान्ने परम्परा कायम हुँदै आएको नानीचया जात्राका दिन पनि माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिन्छ ।  रथयात्रा सँगै लाखेनाच सवा भक्कुनाच र पुलु किसीनाच समेत नचाइन्छ ।

किंवदन्ती अनुसार इन्द्रले आफ्नी माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको र फूल चोरी गरेको अभियोगमा त्यस क्षेत्रका बासिन्दाले सजायस्वरुप उनलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छाडेर वर्षमा एक पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको विश्वास रहिआएको छ ।

त्यस्तै नानीचया जात्राका दिन बेलुकी राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण सहित राष्ट्राध्यक्षको हैसियतमा उहाँले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ । त्यस्तै भाद्र शुक्ल द्वादशीका उठाईएको इन्द्रध्वज अर्थात लिङ्गो समेत यसैदिन राती रथजात्रा पछि ढालिएसंगै इन्द्रजात्रा पर्व विधिवतरुपमा समाप्त हुने गर्दछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031