सोमवार, जेष्ठ ७, २०८१

राजनीतिक स्वार्थ जोडिएका कारण अभियान्ताहरू संवादमा नआएको महानगर प्रमुख साहको दाबी

काठमाडौं असोज ८,
काठमाडौं महानगरका प्रमसख बालेन्द्र साहले आन्दोलनमा उत्रिएका अभियान्ताहरूलाई आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले संवादका लागि बोलाए पनि नआएको दाबी गरेका छन् ।

त्यस्तै प्रमुख साहले संवादका लागि आफू तयार भए पनि आन्दोनमा उत्रिएका अभियान्ता राजनीतिक स्वार्थसँग जोडिएका कारण संवादमा नआएको जिकिर गर्दै अभियन्ता ईशान श्रेष्ठको अगुवाइमा भइरहेको आन्दोलन म आफै गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौँ भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने भन्दै प्रश्न समेत गरेका छन ।

 स्मरण रहोस, आफूलाई ‘ईः भनेर चिनाउने ईशान श्रेष्ठको अगुवाइमा निर्वाचनको बेला मेयर बालेनले प्रतिज्ञा गरेअनुसार फुटपाथ विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी बलजफ्ती गरेको भन्दै राष्ट्रिय सभा गृह अगाडि गत मंगलबारदेखि अभियान्ता आन्दोलनमा होमिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031