सोमवार, जेष्ठ ७, २०८१

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

काठमाडौं असोज ८,
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज घर भएका ५८ वर्षीय अमरेश कडेललाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र सामूहिक करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गेरको हो ।

मादक पदार्थ सेवन गरी ललितपुर साविक ठैव गाविस(८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा नास्ता बनाउने नाबालिकालाई २०६४ पुस ५ गते साँझ जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

पक्राउ परेका अभियुक्तलाइ फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितवन पठाइएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031