सोमवार, जेष्ठ ७, २०८१

सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति भएसंगै आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं असोज ५,
शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमतिभएसंगै शिक्षकहरुले आन्दोलनसबै कार्यक्रम फिर्ता भएका छन । वार्ताको क्रममा सरकारले संसद दर्ता गरेको शिक्षा विधेयक संशोधन गर्न तयार भएपछि शिक्षकहरुले जारी आन्दोलनका कार्यक्रम स्थगन गर्त तयार भएको हो ।

 सरकार आन्दोलनरत शिक्ष्कवीच भएको सहमति पत्रमा प्रस्तावित शिक्षा विधयेकमा ५० हजार २ सय अस्थायी तथा करारका दरबन्दी कायम गरी तिनको स्थायी प्रक्रियामा आन्तरिक तर्फबाट ७५ र खुला प्रतिस्पर्धाबाट २५ प्रतिशत कोटा कायम गर्ने, सार्वजनिक विद्यालयका शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने , शिक्षकमाथि स्थानीय तहले गर्ने कारबाही पुनरावलोकन गर्न पाउने,शिक्षकहरुको रिक्त दरबन्दीमा आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र बाह्य प्रतिस्पर्धाबाट २५ प्रतिशत पदपूर्ति गर्ने ,विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने र सुरक्षाको प्रत्याभूति गराउँने शिक्षाको राष्ट्रिय मापदण्डमा उल्लेख गर्ने र प्रस्तुत सहमतिसंगै जारी आन्दोलनका सबै  कार्यक्रम फिर्ता गर्ने विषयहरु उल्लेख गरिएका छन ।

सहमतिपत्रमा सरकारको तर्फबाट शिक्षा सचिव सुरेस अधिकारी र शिक्ष्क महासंघको तर्फबाट कमला तुलाधरले हस्ताक्षर गर्नुभएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031