सोमवार, जेष्ठ ७, २०८१

सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा आजको भएको वार्ता निष्कर्षविहीन

काठमाडौं असोज ४,
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध विद्यालयको पठनपाठन छाडेर सडक आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच बिहीबार बिहान भने गृहमन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको छ ।

यसअघि शिक्षा मन्त्रालयले वार्तामा आउन गरेको आग्रहलाई अस्वीकार गरेका आन्दोलनरत शिक्ष्क समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज शिक्षामन्त्री अशोककुमार राई, सचिव सुरेश अधिकारीसहितको सरकारी टोली र नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहितको प्रतिनिधि मण्डलबीच वार्ता भएको हो ।

यद्यपि आजको वार्ताको क्रममा शिक्षक प्रतिनिधिहरुले माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने आफ्नो यसअघिको अडान कायमै राखेका कारण वार्ता सकारात्मक हुन नसकेको हो ।  शिक्षक आन्दोलनका कारण बुधवार दिनभरजसो माइतीघर–नयाँ बानेश्वरका साथै उपत्यकाका विभिन्न स्थानको सवारी आवागमन अस्तव्यस्त बनेको थियो ।  सडक आन्दोलनका  कार्यक्रम आजपनि  जारी रहने  शिक्षक महासंघले जनाएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031