काठमाडौं असोज १,
औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ ।
विभागले आइतवार एक सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठनले समेत सिफारिस नगरेका एन्टिबायोटिक औषधिको प्रयोग न्यूनीकरण गर्न र तथ्यमा आधारित उपचार प्रणालीलाई बढावा दिन एन्टिबायोटिक औषधि र समिश्रणहरूलाई रोक लगाउने निर्णय कार्यानवयनका लागि औषधि सल्लाहाकार समितिको ५५ औ बैठकले गरेको सिफारिस र गत भाद्र १८ को विभागीय निर्णय अनुसार प्रतिजैविक औषधिको दर्ता नवीकरण, पैठारीमा रोक लगाउँने निर्णय भएको विभागका महानिर्देशक नारायण ढकालले जारी सूचनामा उल्लेख गरिएको छ।
विभागको प्रस्तुत निर्णयसंगै नेपाली उद्योगले अब १०३ प्रकारका एन्टिबायोटिक औषधिका उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्न र नयाँ दर्ताको अनुमति प्राप्त गर्न र बिक्री वितरणका लागि लाइसेन्ससमेत नपाइने भएको छ। साथै विभागले जारी सूचनामार्फत यसअघि उत्पादन भएका त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न समेत निर्देशन दिएको छ ।
यस्तो छ उत्पादन,आयात र बिक्री वितरण गर्न नपाइने १०३ प्रकारका एन्टिबायोटिक औषधिको सूची:
यसैवीच विभागले सार्वजनिक गरेको १०३ प्रकारका एन्टिबायोटिक औषधिको विषयमा महानिर्देशक ढकालसंग जानकारी माग गर्दा उहाँँले सार्वजनिक सूचीमध्ये विभागमा १४ प्रकारका एन्टिबायोटिक औषधि दर्ता रहेको जानकारी दिदै बाँकी ८९ प्रकारका औषधिमा कतिपय विभागमा दर्ता नै नभएको र कतिपय नेपालमा पैठारी समेत नभएको औषधि समेत रहेको बताउँनुभयो ।
त्यस्तै नेपालमा उत्पादन ,पैठारी भएका एन्टिबायोटिक औषधिको मध्ये समिश्रण उत्पादनका एन्टिबायोटिकको प्रभावकारिता र औषधीको प्रयोग गर्न औचित्य नभएकोका कारण प्रतिबिन्धत गरिएको बताउनुभयो । साथै उहाँले यसअघि एन्टिबायोटिक औषधिको प्रयोगमा कुनै रोक नलगाइएको समेत बताउँदै पछिल्लो समय एन्टिबायोटिकको अनुचित प्रयोगले कतिपय सङ्क्रामक जीवाणुहरूले औषधि प्रतिरोध गर्ने क्षमता अर्थात् एन्टिबायोटिक रेजिस्टन्स विकास गरेको भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त हुँदै आएका जनाउ दिनुभयो ।
पछिल्लो समय सन् १९८६ मा ‘डाप्टोमाइसिन’ नामक एन्टिबायोटिक पत्ता लागेपछि हाल ३७ वर्ष यता अर्को नयाँ किसिमको एन्टिबायोटिक बजारमा नआएको दावी सहित क्लिनिकल ट्रायलमा पुगेर विविध कारणले थन्किएका एन्टिबायोटिकमा अचेल थप नयाँ अनुसन्धान हुँदै गरेको औषधि विज्ञरुको भनाइ रहेको छ।