सोमवार, जेष्ठ ७, २०८१

आज हरितालिका तीज पर्व : भगवान शिवको आराधना एवम् नाचगान सहित मनाइदैं

पशुपतिनाथ दर्शनका लागि व्रतालु भक्तजनका लागि चार स्थानबाट दर्शनको व्यवस्था

काठमाडौं असोज १,
आज भाद्र शुक्ल तृतीया अर्थात नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भगवान शिवको आराधना एवम् नाचगान गर्दै हर्षोल्लासमय रुपमा मनाउँदैछ । तीज हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण पर्वको रुपमा रहेको यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ।

तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र विभिन्न जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता रहिआएको छ ।

यसैक्रममा आज ब्रत बसेका महिलाले नजिकका शिवमन्दिरमा भेला भई दिनभरनाचगान रमाईलो गर्ने गर्दछन् । आज बिहानैदेखी महिलाहरुसौभाग्यसुचक रातो कपडा, धागो, चुरा९पोते, टीका र गरगहनासहित रातो कपडामा सजिएर शिव मन्दिरहरुमा पूजा आराधाना गर्ने गर्दछन् ।

विशेषगरि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र विभिन्न शिलावयमा महिला ब्रतालुको ठूलो भीड लाग्ने गर्दछ । तीजको अघिल्लो दिन माइतीले [बाबु आमा,दाजुभाइ] छोरी र चेली लाई घरमा बोलाएर मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ।

दरमा खीर, ढकनी वा केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर दर खाने प्रचलन बसेको छ।

त्यस्तै तीजको धार्मिक दस्तावेजमा वर्णित आख्यान अनुसार हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

 यसैवीच पशुपति क्षेत्र विकास कोषले हरितालिका [तीज] पर्वका अवसरमा पशुपतिनाथ मन्दिरको  दर्शन गर्न आउने भक्तजनका लागि बिहान ३ बजेदेखि नै मन्दिरका ढोका खुला गरिने र  दर्शनका लागि यस पटक हरितालिका चार स्थानबाट लामको व्यवस्था गरेको छ।

कोषले कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने गरी पहिलो लामको व्यवस्था गरिएको छ भने दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ ।

त्यस्तै गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छभने गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्ने व्यवस्था मिलाइएको जनाएको छ।  साथै कोषले तीजका दिन असोज १ गते सोमबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शनको व्यवस्था मिलाइएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031