सोमवार, जेष्ठ ७, २०८१

चिकित्सकमाथिको आक्रमण: देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं भाद्र३१,
नेपाल चिकित्सक सङ्घको आव्हानमा हेटौँडास्थित सञ्चो अस्पतालका चिकित्सकमा भएको आक्रमणमा संलग्न दोषीलाई कारवाहीको माग गर्दै आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गरेको छ।

सङ्घले पछिल्लो समय चिकित्सकमाथि बढ्दो सुरक्षा थ्रेट र राज्यको उदासिनताका कारण देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत आज आकस्मिक बाहेकका सेवा ठप्प गरेको हो ।

 सञ्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा प्रशान्त बिडारीमाथि भाद्र २७ गते बिरामीको विषयलाई लिएर भएको आक्रमणकारीलाइ कानुनी दायरामा ल्याउन भन्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो।

त्यस्ते सङ्घले शनिवार जारी विज्ञप्तिमा घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिदै देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ।

त्यस्ते विज्ञप्तिमा सङ्घले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोपसंगै यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत जनाउन माग गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031