सोमवार, जेष्ठ ७, २०८१

५० प्रतिशत भन्सार छुुटमा २० हजार टन चिनी आयातको अनुमति

काठमाडौं भाद्र २८,
सरकारले ५० प्रतिशत भन्सार छुुटमा २० हजार टन चिनी आयातको अनुमति दिएको छ । आसन्न चाडपर्व लक्षित हुँदै यो वा त्यो नाममा का बजारमा हुन सक्ने चिनीको कृतिम अभावलाइ दृष्टिगत गर्दै मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयात गर्न अनुमति दिएको हो ।

सरकार माताहतका यी दुइ निकाय साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०-१० हजार टनका दरले चिनी आयात गर्दा लाग्ने भन्सार शुल्क ३० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत मिनाह गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मागेको सहमति अनुरुप अर्थ मन्त्रालयले ६० हजार टन चिनी आयात गर्न अनुमति माग गरेपनि तत्कालका लागि २० हजार टन चिनी आयात गर्न मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति दिएको मन्त्रालय स्रोतले जनाएsf] छ .

यसअघि चिनी आयात गर्न सरकारबाट अनुमति माग गर्दा गर्दै पनि सरकारले समयमा अनुमति नदिएका कारण बजारमा केहि ठूला ठालु चिनी माफिहरुको बढ्दो रजगजका कारण उपभोक्ता प्रतिकिलो ११० भन्दा बढी मूल्यमा चिनी खरिद गर्न बाध्य हुँदै आएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031