सोमवार, जेष्ठ ७, २०८१

राजधानीमा दुइदिने गुम्बा व्यवस्थापन तालिम सुरु

काठमाडौं भाद्र २५,
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा देशैभरका गुम्बाका लामा गुरु‚ गुम्बा व्यवस्थापन समितिका पदाधिकारीलगायतलाई गुम्बा व्यवस्थापन सम्बन्धी तालिमको प्रारम्भ गरेको छ ।

काठमाडौँ कुटी रिसोर्टमा आइतबार र सोमबार दुई दिनसम्म चल्ने तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक होम दोङले गुम्बा व्यवस्थापन तालिमको उद्घाटन सत्रमा समितिका कार्यकारी होम दोङले गुम्बा व्यवस्थापनलाई चुस्त दुरुस्त गराउनका लागि यो तालिम सहयोगी बन्न सक्ने बताउँनुभयो ।

कार्यक्रमको सभाध्यक्ष समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा [खेन्पो गेशे थुप्तेन जिग्डोल] रहेका थिए । उनले यस समितिले भनेजस्तो कार्य गर्न खोजे पनि सीमित स्रोत साधन हुँदा सोचेजस्तो काम गर्न नसकेको बताए । ‘गुम्बा व्यवस्थापन पक्षलाई चुस्त बनाउन गुम्बा दर्ता प्रक्रियाहरू अन्यौलमा रहेका कारण को छ‚’ दर्ता प्रक्रियालाइ एकद्वार प्रणालीमा लैजानुपर्ने बताउनुभयो ।

प्रशिक्षणमा पाँचथर‚ ताप्लेजुङ‚ लमजुङ‚ सर्लाही‚ सोलुखुम्बु‚ भोजपुर‚ खोटाङ‚ पाल्पा‚ काभ्रे‚ दोलखा‚ रामेछाप‚ तनहुँ लगायतका विभिन्न गुम्बाका करिब ३५ लामा गुरुहरूले प्रशिक्षण लिइरहेका छन् ।

तालिममा सहभागीहरूलाई गुम्बा व्यवस्थापनको विभिन्न पक्षमा व्यवहारिक प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं योजना अधिकृत सज्नु योङ्ग्याले जानकारी दिइन् ।  प्रशिक्षकहरूमा आचार्य सार्की शेर्पा, समितिका कानुनी सल्लाहकार सञ्जीव कुमार लामा, योजना अधिकृत सज्नु योङ्गया र लेखा अधिकृत विनीता भण्डारी रहेका छन् ।समितिमा देशभरका ३ हजार ६० गुम्बाहरू दर्ता भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031