मङ्लबार, जेष्ठ १, २०८१

एमालेको लुम्बिनी प्रादेशिक अध्यक्षमा राधाकृष्ण निर्वाचित

काठमाडौं भाद्र २०,

नेकपा एमालेको लुम्बिनीको प्रादेशिक अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । पप्त निर्वाचनको मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।

मंगलवार सम्पन्न् निर्वाचनको प्राप्त मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् ।कँडेलले ४७९ मत प्राप्त गर्दैगर्दा रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्नछ भने रिजाल महासचिव शंकर पोखरेल निकटका उम्मेदवार हुन ।त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ उपसचिव [पुरुष]मा पूर्ण बुढा मगर मत उपसचिव [महिला]मा भने लीला राना मगर निर्वाचित भएकी   छन् ।