सोमवार, जेष्ठ ७, २०८१

प्रदेशसभाका स्वतन्त्र सांसद यादव पुर्पक्षका लागि जेल चलान

काठमाडौं भाद्र १९,
कर्तव्य ज्यान तथा डाँका मुद्दाका आरोपी अनिरुद्धप्रसाद सिंह यादवलाइ जेल चलान गरिएको छ।

प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ [ख] बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका मधेश प्रदेशसभाका स्वतन्त्र सांसद समेत रहेका यादवलाइ सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्धाको सुनवाइ गर्दै पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

अदालतको आदेशअनुसार सप्तरी प्रहरीले प्रदेश सांसद यादवलाई मंगलबारै राजविराजस्थित सप्तरी कारागार पठाएको जनाएको छ।  यसअघि यादवलाइ सोमबार दिउँसो राजविराजबाट पक्राउ गरिएको उनलाई सोही दिन अदालतमा उपस्थित गराए पनि सुनवाइ भने हुन सकेको थिएन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031