सोमवार, जेष्ठ ७, २०८१

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान आजबाट शुरु हुँदै

काठमाडौं भाद्र १६,
नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ कार्यक्रम आजबाट शुरु हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले आज बिहान ९ बजे पार्टी मुख्यालय [पेरिसडाँडा]बाट अभियानको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसार मुलत पछिल्लो समय पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले देशभर माओवादी केन्द्रले प्रस्तुत अभियानको शुभारमभ गर्न लागेको हो ।

त्यस्तै अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा गरिएको सुधारलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रका समस्या तथा अन्तरविरोध पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने पार्टी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

 पार्टी अध्यक्ष प्रचण्डले अभियान उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्ने गरी तयारी गरिएको माओवादीले जनाएको छ। अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइने पार्टीको योजना रहेको बताइएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031