सोमवार, जेष्ठ ७, २०८१

कोशी प्रदेश सरकार: विश्वासको मत प्रकरणको आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं भाद्र १५,
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत प्रकरणको आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।  मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा गत भाद्र ४ गते प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्य इस्राइल मन्सुरीको समेत मत लिएपछि प्रदेश सभाका विपक्षी दल नेकपा एमालेले प्रक्रिया संविधान विपरीत भएको भन्दै रिट दायर गरेको हो ।

यसअघि प्रस्तुत प्रकरणमा गत भाद्र ६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश संगै लिखित जवाफ बुझाउन आदेश दिएको थियो ।

त्यस्तै अदालतमा लिखित जवाफ बुझाउँने क्रममा मुख्यमन्त्री थापाले सरकार संवैधानिक नै भएको दाबी गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2023
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031