सोमवार, जेष्ठ ७, २०८१

नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन माघमा

काठमाडौं भाद्र ८,
सत्तासाझेदाल दल नेकपा एकीकृत समाजवादीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन समपन्न गर्ने नितिगत निर्णय गरेको छ।

काठमाडौंमा तीन दिनसम्म चलेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले एमसीसी कार्यान्वयनको अनुगमन गर्न संसदीय समिति गठन गर्नुपर्ने निष्कर्ष सहित  अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको बेठकले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रव्यापी बनाउँे लक्ष्य अनुरुप मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने र पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको जानकारी दिएके छ।

साथै मंसिर मसान्तसम्म कमिटी नभएका पालिका तथा वडाहरुमा कमिटी गठन गर्न सबै कमिटीहरुले सदस्यता वितरण गर्न संगठनात्मक क्षेत्रको महत्त्वपूर्ण काम गर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु