सोमवार, जेष्ठ ७, २०८१

यस्तो छ विषयगत संसदीय समिति सभापतिको निर्वाचन कार्यतालिका

काठमाडौं भाद्र ७,
संसद सचिवालयले आगामी भाद्र ११ मा हुने संसदीय समिति सभापतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।  सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार भाद्र १० गते प्रतिनिधिसभा नियमावली २०७९को नियम १७६ को उपनियम २ अनुसार नाम दर्ता गर्ने र सोही दिन अपरान्ह ४:३० बजे दर्ता भएको प्रस्ताव सार्वजनिक गर्ने कार्यसूची रहेको छ । त्यस्तै भाद्र ११ गते सम्बन्धित समितिको सभाकक्षमा अपरान्ह ३ बजे प्रस्ताव उपर छलफल गरि सभापतिको चयन गरिने उल्लेख गरिएको छ।

  सभामुख देवराज घिमिरेको कार्यकक्षमा आज भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले आगामी भाद्र ११ गते १० वटै विषयगत समितिका सभापति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

 स्मरण रहोस सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच संसदीय समितिमा भागबन्डा मिलेपछि सभामुखले निर्वाचनको मिति तोकेका हुन् । दलहरुबीचको सहमतिअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीले एक९एक समितिको सभापति लिने यसअघिनै दलगत भागवण्डाको निर्णय भइसकेको छ।