सोमवार, जेष्ठ ७, २०८१

म.प.बैठक: प्रम प्रचण्डको न्युयोर्क भ्रमण स्वीकृत,जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय

काठमाडौं भाद्र ६,
बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको न्युयोर्क भ्रमण स्वीकृत गरेको छ।  प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन आगामी भाद्र ३० गते न्युयोर्क जाने लागेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 यस्तै, बैठकले गायक स्व.जेबी टुहुरे [जुठबहादुर खड्गी] लाई जनगायकको उपाधि दिने निर्णय संगै धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निस्कासन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्‌कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गर्ने निणर्यसंगै बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पिताको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण उहााले बताउनुभयो ।