सोमवार, जेष्ठ ७, २०८१

सुन तस्करी प्रकरण छानबिन आयोग गठनका लागि २ बुँदे सहमति

काठमाडौं भाद्र ६,
राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच संसदको अवरोध हटाउने र सुन तस्करी प्रकरण छानबिनका लागि आयोग गठन गर्ने २ बुँदे सहमति भएको छ।

सहमतिपत्रमा राष्ट्रिय मान्यता प्राप्त ७ दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका छन्। प्रस्ततु सहमतिअनुसार असोज ५ मा आयोग गठन हुने र आयोगले सोही दिनदेखि काम थाल्ने उल्लेख गरिएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै साउन १० गतेयता निरन्तर संसद अवरोध गर्दै आइरहेको थियो। सुन तस्करी प्रकरण छानबनिका लागि असोज ५ गते आयोग गठन गर्ने सहमति भएसंगै संसदमा जारी अवरोधले समेतले विराम पाउँने भएको छ।

 बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेस नेता रमेश लेखकले ‘जाँचबुझ आयोग ऐन–२०२६ अनुरुप आजसम्म भएका सबै सुन तस्करीहरुको छानविन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको जनाउ दिदै प्रस्तुत सहमति भएसँगै संसद सुचारु हुने बताउनुभयो ।

साथै उहाँले सुन तस्करीबारे पछिल्लो समय सिआइबीले गरिरहेको अनुसन्धानलाई निरन्तरता दिँदै असोज ५ मा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएपछि सोहि दिनबाट सरकारले गटन गर्ने जाँचबुझ आयोगले काम गर्ने बताउनुभयो ।

सहमति पत्रमा मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी [तस्करी]गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो । उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरिरहेको सर्वविदित्तै छ । केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ । ’

यस्तै सहमतिमा ‘ विदेशबाट इलेक्ट्रिक सिगरेट [ भेप्समा] मा सुन राखी अवैध पैठारी[तस्करी] गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी [तस्करी] गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुक भित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधारका लागि ‘जाँचबुझ आयोग ऐन–२०२६ अनुरुप सुन तस्करी सम्बन्धमा अनुसन्धान गर्दै सोका प्रतिवेदन   पेश गर्ने उल्लेख रहेको सहमति पत्रमा प्रमुख सचेतकहरू रमेश  लेखक नेपाली कांग्रेस, पदम गिरी नेकपा एमाले, हितरज पाण्ड माओवादी केन्द्र, सन्तोष परियार राष्ट्रिय स्वतन्त्र पार्टी, ज्ञान वहादुर शाहस् राप्रपा र अब्दुल जनता समाजवादी पार्टीले हस्ताक्षर गरेका छन ।