सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रपति पौडेलको सर्वदलीय बैठक: दलहरुलाई एक ठाउँमा उभिन आग्रह

काठमाडौं भाद्र ५,
राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । समसामयिक राजनीतिक विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले दलका नेताहरूलाई शीतल निवास बोलाएका थिए ।  राष्ट्रिय मान्यता प्राप्त सबै दललाई बैठकमा बोलाए पनि प्रमुख प्रतिपक्ष नेकपा एमाले भने बैठकमा सहभागी भएन ।

राष्ट्रपति पौडेलले बैठकलाइ सम्बोधन गर्दै सधैँ आपसी संवाद, वार्ता र छलफलबाट समस्याको निकास निकाल्न सबै राजनीतिक दलहरू अग्रसर होउन भन्ने सदिच्छा सहित सदनमा देखिएको अवरोध अन्त्यका लागि दलहरुलाई एक ठाउँमा उभिन आग्रह गर्दैगर्दा नेताहरुले सोमबार राति सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमति जुटिसकेको र बैठकमा प्रतिपषीदल एमालेले जारी राख्दै आएको अवरोध हट्ने जानकारी गराउँनु भएको थियो ।

 बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरुको उपस्थिति थियो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु