सोमवार, जेष्ठ ७, २०८१

विश्वम्भरप्रसाद सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त

काठमाडौं भाद्र ५,

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सोमवार  नियुक्त गरेका छन् । गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका श्रेष्ठलाइ सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अनुमोदित गरेको थियो ।

श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले आज आफ्नो पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएके छ।
प्रधानन्यायाधीश श्रेष्ठले आगामी १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् ।

 

१० दिनमा श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु